काम नगर्ने १० वटा ठेकेदार कम्पनी कालोसूचीमा « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

काम नगर्ने १० वटा ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यलयले १० ओटा ठेकेदार कम्पनिलाई कालोसूचिमा राखेको छ । व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै १ वर्ष देखि डेढ वर्षसम्मका लागि १० कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यलयले सोमबार सुचना जारी गर्दै विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीले (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्