एन्ड्रोइड टिभी ब्राण्डले गर्यो ‘टिसिएलको नगदवृष्टि’ योजना सार्वजनिक « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

एन्ड्रोइड टिभी ब्राण्डले गर्यो ‘टिसिएलको नगदवृष्टि’ योजना सार्वजनिक



काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो नयाँ बर्षलाई लक्षित गरेर टिसिएल नगदवृष्टि योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना चैत्र १४ गते देखि सीमित अवधिका लागि नेपाल भरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टिसिएलका कुनै पनि सामानको खरिदमा नगद रु ६१,३०० सम्मको छुट पाउन सक्नेछन भने वाशिङ मेसिन खरिदमा नगद छुटका साथै ६ के।जीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन । त्यसै गरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल,कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छ ।


प्रतिक्रिया दिनुहोस्