साहसिक पर्यटनको गन्तव्य क्लिफले सुरु गर्‍यो ‘क्रेन स्वीङ’ « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

साहसिक पर्यटनको गन्तव्य क्लिफले सुरु गर्‍यो ‘क्रेन स्वीङ’



काठमाडौं । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ। क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार, अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको ५ /६ दिनमा खेल सञ्चालनमा ल्याउने सोच छ,’ सञ्चालक कार्कीले भने ।

स्वीङ जमिनको सतहबाट करिब २५० मिटर माथि स्वीङ सञ्चालन हुनेछ । तर यसको डोरी भने १० मिटरको मात्रै हुने उनले बताए । ‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौँ,’ उनले भने ।

एसियामा तथा नेपालमा यस्तो किसिमको स्वीङ पहिलो पटक सञ्चालनमा आएको बताए । बालबालिका, महिलाहरूलाई पनि स्वीङ उपयुक्त हुने स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ ।

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्