बैकर्स संघले भन्यो,–‘चालु पुँजी कर्जा संशोधन सकरात्मक, कर्जाको माग नबढ्दा एनपिएल बढ्ने संकेत’ « Arthapath.com
२६ असार २०८२, बिहीबार

बैकर्स संघले भन्यो,–‘चालु पुँजी कर्जा संशोधन सकरात्मक, कर्जाको माग नबढ्दा एनपिएल बढ्ने संकेत’



काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा सम्वन्धी नीति सकरात्मक रहेको नेपाल बैंकर्स संघले बताएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना गरि संघका अध्यक्ष सुनिल केसीले केन्द्रीय बैंकले चालु पुँजी कर्जा सम्वन्धी संशोधन गरेको नीति सकरात्मक रहेको बताए ।

उनले भने,–‘राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनको नीतिमा गरिएको संशोधन सकरात्मक छ । यसले बजार चलायमान बनाउन सहयोग पुग्नेछ । राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत हुने गरि सुविधा प्रदान गरेको छ ।’

तर, सोमबार नै राष्ट्र बैंकले जारी गरेको सर्कुलरले खराब कर्जा बढाउने देखिएको अध्यक्ष केसीले बताए । उनले,–‘केन्द्रीय बैंकले जारी गरेको सम्पत्ति वर्गीकरण गर्नुपर्ने नीतिले खराब कर्जा बढ्ने देखिन्छ । तर, यस बारे हामीले थप अध्ययन गरिरहेका छौं ।’

सोही अवसरमा अध्यक्ष केसीले कर्जा माग बढ्न नसकेको बताए । पछिल्लो समय बजारमा कर्जाको माग घट्दै गएको केसीको भनाई छ । उनले भने,–‘बजारमा कर्जाको डिमान्ड बढ्न सकेको छैन । कर्जा बैंकहरुको कर्जा लगानी पनि घटी रहेको । यस बैंकिङ् क्षेत्रमा समस्या भइरहेको छ ।’

कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना रहेको अध्यक्ष केसीको भनाई छ । यस्तै पिपिए नुहँदा पनि कर्जा लगानी बढ्न नसको केसीले बताए ।

उनले भने,–‘पिपिए नहुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । लगानी नबढ्दा खराब कर्जा बढ्ने सम्भावना पनि बढेको छ ।
‘स्थानीय तहको पैसा राष्ट्र बैंकमा गएको छ । सो रकमलाइनिक्षेपमा गणना गर्न नदिँदा बैंकिङ्ग प्रणाली अप्ठ्यारोमा रहेको छ । बाहिर भनिएको जस्तो तरलता सहज अवस्था छैन’–अध्यक्ष केसीले भने ।


प्रतिक्रिया दिनुहोस्