काठमाडौंको अनामनगर र शंखमुलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा, सिइओ पाण्डेले गरे उद्घाटन « Arthapath.com
४ माघ २०८०, बिहीबार

काठमाडौंको अनामनगर र शंखमुलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा, सिइओ पाण्डेले गरे उद्घाटन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको शंखमुल र अनामनगर शाखा बिहीबारदेखि संचालनमा ल्याएको हो ।

यी दुई शाखाहरुबाट आजदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा सुचारु भएका छन् । नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले गरे । ग्राहकहरुको आवश्यकता र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदानका लागि शाखा विस्तार गरिएको सिइओ पाण्डेले बताए । सोही अवसरमा काठमाडौं उत्पयाकामा विभिन्न ठाउँहरुमा पनि थप शाखा विस्तार गरिने पाण्डे बताए ।

हालसम्म बैंकको देशभर २६४ वटा शाखा पुगेको छ । हाल बैंकका २५५ वटा एटीएम, ११३ वटा शाखा रहित बैंकिङ र ६३ वटा एक्सटेन्स काउन्टर रहेका छन्।


प्रतिक्रिया दिनुहोस्