एशियन लाइफको सीइओमा श्रेष्ठको निरन्तरता « Arthapath.com
१७ पुष २०८१, बुधबार

एशियन लाइफको सीइओमा श्रेष्ठको निरन्तरता



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश लाल श्रेष्ठको कार्यकाल थपिएको छ । उनी दोस्रो कार्यकालका लागि सीइओमा दोहोरिने भएका हुन् ।

गत मंसिर २५ गते मंगलबार बसेको कम्पनी संचालक समितिको बैठकले सीइओ श्रेष्ठलाई नै थप एक कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । यद्यपि, नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी रहेको कम्पनी स्रोतले जनाएको छ ।

उनी २०७७ माघ १ गते कम्पनीको सीइओ बनेका थिए । उनको पहिलो कार्यकाल यही पुस मसान्तमा सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्