गर्भमै तुइयो महिला सहयात्रा र घरेलु लघुवित्तको मर्जर « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

गर्भमै तुइयो महिला सहयात्रा र घरेलु लघुवित्तको मर्जर



काठमाडौं । १ साताअघि मर्जरको अन्तिम तयारीमा रहेका महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाविच मर्जरको एमओयू नै हुन सकेन ।

अन्ततः दुबै कम्पनीले मर्ज नगर्नेगरी अन्य पाटर्नरको खोजिमा लागेका छन । नेपालमा लघुवित्त संस्था बढि भएको भन्दै आफु बलियो बन्न मर्ज गर्न तम्सेका महिला सहयात्रा र घरेलुले मर्जको च्याप्टरनै क्लोज गरेर बसेका छन् ।

मर्जर भंग भएको महिला सहयात्रा लघुवित्तको सिईओ डा. सुमित्रा मानन्धर गुरुङले बताइन । ८ महिनादेखीको मर्जरको प्रयास विफल भएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमै दुई संस्थाविच मर्जरपछि संस्थाको नाम र बन्ने संचालक समितिमा आफ्नो स्वामित्वलाई लिएर विवाद भएको थियो ।

दुबै संस्थाका प्रतिनिधिविच वाद विवाद भएपछि मर्जर संबन्धी एमओयूनै हुन सकेन । आइतबार ४ बजे होटल एम्वेस्डरमा मर्जरसंबन्धी एमओयू गर्ने भन्दै पत्रकार सम्मेलन राखिएको थियो । ३ घण्टा आपसमै बादविवाद गरेर एमओयूनै नगरी कार्यक्रम त्यत्तिकै विसर्जन भयो ।

महिलाको उत्थानको लागी खोलिएको महिला सहयात्रा र घरेलु उद्यमीहरुको उत्थानको लागी खोलिएको घरेलु लघुवित्तको मर्जरको एमओयू कार्यक्रममै विवाद भएको थियो । कार्यक्रमा घरेलु लघुवित्तका अध्यक्ष आङदेन्डी शेर्पाले आफुहरु गाभिन जाने भएपछि भोली हुने संस्थाको नाम र संचालक समितिमा दावी गरेपछि मर्जर प्रक्रिया भाडिएको हो ।

कार्यक्रम सुरु भएपछि दुई संस्थाका संचालकहरुविच भनाभन भएको थियो । घरेलु लघुवित्तका अध्यक्ष आङदेन्डी शेर्पाले आफुहरुलाई २ संचालक र नाम पनि महिला घरेलु राख्नुपर्ने अडान राखेका थिए । कार्यक्रममा गाभिन जाने संस्थाका घरेलु लघुवित्तका एक संचालकले त आधाआधा संचालक प्रतिनिधित्व हुनुपर्ने भन्दै कार्यक्रमनै भाँडेका थिए ।


मर्जरको स्वाप रेस्यो डिडिएबाट टुङ्ग्याउने भनिए पनि स्वापमा चित्त नबुझे पनि बाहिरिन नसकिने प्रावधान हटाउन घरेलु लघुवित्तका अध्यक्ष आङदेन्डी शेर्पाले माग गरेपछि एमओयू नै हुन सकेन । घरेलु लघुवित्तले आफुहरुलाई लादेर लैजान खोजेको आरोप लगाएको छ भने महिला सहयात्राले गाभिने संस्थाले ठुलो भाग खोजेको आरोप लगाएको छ । घरेलु लघुवित्तको हाल पुँजी ७ करोड रहेको छ भने महिला सहयात्राको १२ करोड १० लाख रहेको छ ।

महिला सहयात्राको २१ जिल्लामा ३४ शाखा छन । करिव ३५ हजार १ सय ६० सदस्यहरु मध्ये २१ हजार २ सय ५५ सदस्यमार्फत १ अर्व ३६ करोड कर्जा पुँजी प्रवाह गरिरहेको छ । महिला सहयात्राको मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको छ । त्यस्तै घरेलु लघुवित्त संस्थाको ७ करोड चुक्ता पुँजी रहेको छ । ११ जिल्लामा १३ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको घरेलु लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय बनेपामा छ । यसले पब्लिकलाई सेयर वितरण गरेको छैन । संस्थामा ५ हजार २ सय ५३ सदस्य रहेकोमा ३ हजार ६ सय ५२ सदस्यमार्फत २० करोड लगानीमा कर्जा प्रवाह गरिरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्