राष्ट्रपतिको अगाडी कालो ज्याकेट समातेर हिँडीरहेका एक जना प्रक्राउ

काठमाडौं । राष्ट्रपति बिद्यादेवि भण्डारीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रकाउ पर्नेमा धनगढीका प्रतीक जोशी हुन ।
उनी धनगढीको लक्ष्मी नारायण मन्दिरको बाटोमा कालो ज्याकेट समातेर हिँडीरहेको बेला प्रक्राउ गरेको यूवा शान्ति परिषद् नेपालका संयोजक प्रेम ढुङगानाले जानकारी दिए । पक्राउ परेका जोशी धनगढी उपमहानगरपालिका २ सन्तोषीटोलमा बस्छन् ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने उनले हो–हल्ला गरिरहेको र सोधपुछको लागि पक्राउ गरेको जनाएको छ ।