होलीमा कोरोनाको जोखीम, बिशेष ध्यान दिन चिकित्सको सुझाव « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

होलीमा कोरोनाको जोखीम, बिशेष ध्यान दिन चिकित्सको सुझाव



काठमाडौं । कोरोना भाइरस विश्वभरि फैलिरहेको छ । यसको त्रास नेपालमा पनि रहेको छ । भ्रमण बर्ष स्थगित भईसकेको छ । मुलुकमा हुने विभिन्न मेला महोत्सवको आयोजना नगर्न पनि सरकारले निर्देशन दिईसकेको छ । त्यस्तै नजिकै आईरहेको होली पर्वमा पनि डाक्टरहरुले विशेष ख्याल गर्न सुझाव दिएका छन ।

कोरोना भईरसको उच्च जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन आग्रह गरेका छन ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने, एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुने हुँदा हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने चिकित्सकहरुले सुझाउका छन ।


प्रतिक्रिया दिनुहोस्