“दिउँसै झप् झफ्, कोकले अप” कोका–कोलाको नयाँ क्याम्पेन सार्वजनिक « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

“दिउँसै झप् झफ्, कोकले अप” कोका–कोलाको नयाँ क्याम्पेन सार्वजनिक



काठमाडौं । कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् झफ्, कोकले अप” रहेको छ । अर्थात यदि तपाईंलाई दिउँस निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउछ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं ।”

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।”


प्रतिक्रिया दिनुहोस्