प्रधानमन्त्रीको अप्रेसनले स्वदेशकै चिकित्सकको हौसला बढ्ने « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

प्रधानमन्त्रीको अप्रेसनले स्वदेशकै चिकित्सकको हौसला बढ्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गाला प्रत्यारोपण हुने भएको छ । उनले स्वदेशमा रहेका चिकित्सक र अस्पतालको भरोसा बढाउँन सरकारी अस्पतालमा शल्यक्रिया गर्ने निर्णय गरेका हुन ।

त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्ने छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। यो टोलीले अप्रेशनमा निक्कै ठूलो सफलता हात पारिसकेको छ ।

बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आजै सोमबार अस्पताल भर्ना भएका छन । प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय भने दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न हुनुहुन्थ्यो । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ । नत्र घरै पठाउँन सकिन्छ ।

१२ वर्षअघि पहिलो प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन । उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएर प्रधानमन्त्री ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए । तर, ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उहाँको स्वास्थ्यमा सुधार भएको थिए । चिकित्सकहरुले दोस्रो प्रत्यारोपणको विकल्प नभएको सुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस्