मुक्तिनाथ विकास बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्का हस्ताक्षर गरेका छन । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका स्थानहरु
सिद्धार्थ होटल नयाँ आनन्द, महेन्द्रनगर | सिद्धार्थ कटेज रेस्टुरेण्ट, धोवीघाट |
सिद्धार्थ होटल, टिकापुर, कैलाली | सिद्धार्थ कटेज रेस्टुरेण्ट, वुटवल |
सिद्धार्थ होटल, नेपालगञ्ज | सिद्धार्थ कटेज रेस्टुरेण्ट, पुरानो वानेश्वर, काठमाडौं |
सिद्धार्थ कटेज तथा होटल, बुटवल | सिद्धार्थ कटेज रेस्टुरेण्ट, तिनकुने |
सिद्धार्थ होटल, सुन्धारा | एस क्याफे, कोहलपुर |
सिद्धार्थ होटल ग्राण्डि सिटी, विर्तामोड | एस क्याफे, नेपालगञ्ज |
सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत | एस क्याफे, न्युरोड, काठमाडौं |
सिद्धार्थ रिसोर्ट, चिसापनी, कैलाली | एस क्याफे, जमल, काठमाडौं |
सिद्धार्थ रिभरसाईड रिसोर्ट, चुम्लीङ्गटार, चितवन | एस क्याफे, तिनकुने, काठमाडौं |
सिद्धार्थ कटेज रेस्टुरेण्ट, नेपालगञ्ज |