सिन्धुपाल्चोक पहिरो अपडेटः २२ जना बेपत्ता, २ वेपत्ता « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

सिन्धुपाल्चोक पहिरो अपडेटः २२ जना बेपत्ता, २ वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन् ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको हो । त्यहाँका अझै १६ जना हराइरहेका छन्। पहिरोले सात घर पुरेको छ । यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा परी हराइरहेका २ जनाको शव भेटिएको छ ।

त्यस्तै पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाने भएका छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्