शाहको राजिनामा स्वीकृतपश्चात किसान लघुवित्तको सचिवमा पोख्रेल नियुक्त « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

शाहको राजिनामा स्वीकृतपश्चात किसान लघुवित्तको सचिवमा पोख्रेल नियुक्त



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको ६६औं बैठकले पोख्रेल लाई सचिवमा नियुक्त गरेको हो । यसैबीच, पूर्व कम्पनी सचिव देबेन्द्र बहादुर शाहको राजिनामा पनि स्वीकृत गरिएको छ ।

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ । उक्त धितोपत्र निष्काशन मुक्तिनाथ क्यापिटलले गर्ने छ । कम्पनिको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरेसंगै कम्पनिको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्ने छ । कम्पनीको धनगढी २, बैहाबेहडी कैलालीमा केन्द्रीय कार्यालय र कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा रहेर ४६ जिल्लामा आफनो शाखा विस्तार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्