समता घरेलु लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

समता घरेलु लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने



काठमाडौं । समता घरेलु लघुवित्त संस्थाको सेयर कारोबार कारोबारमा आउन आजदेखि कारोबारमा आउने भएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपछि समता घरेलु लघुवित्त संस्थाको नामबाट सोमबार सेयर सूचीकृत भएको थियो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्तको नाममा कम्पनीको सेयर सूचीकृत भएको हो । मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार नेप्सेको बैशाख २० गतेको निर्णयले फुकुवा गरिदिएको हो । सेयरधनीले आज (बैशाख २१ गतेदेखि) संस्थाको सेयर किनबेच गर्न पाउने भएका छन् ।

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाले मर्जर कार्य सम्पन्न गरेपश्चात बैशाख ०२ गते देखि एकीकृत वित्तीय कारोबारको शुभारम्भ भएको थियो । बारा जिल्ला, सिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था बनेको हो ।

दुई संस्था गाभिए पश्चात् बनेको वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल संचालन मूनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरु कायम भएका छन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे र अध्यक्षमा डम्मरणमणि थेवे लिम्बु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्