नेशनल हाइड्रोपावरको नाफा बढेर ५८ करोड ७४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

नेशनल हाइड्रोपावरको नाफा बढेर ५८ करोड ७४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ३५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको विद्युत आम्दानी ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल नाफा ४५ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

नेपाल सरकारले तल्लो इन्द्रावती जलविद्युत आयोजना (४.५ मेगावाट) को अनुमति पत्र प्रतिस्पर्धा गराई बोलकबोल माध्यमबाट प्रदान गर्ने नीति लिई गराएको प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोकृष्ट ठहरिएकोले विद्युत विकास विभागले गत कात्तिक २८ गते उक्त अनुमति पत्र दिएको थियो । अनुमति पत्र प्राप्त भएपश्चात उक्त आयोजनामा गरिएको लगानीमध्ये करिब ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेको हो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०.४६ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्