पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त « Arthapath.com
५ पुष २०७८, सोमबार

पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

पौष ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ्गले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्