संस्थापक शेयर खरिद-बिक्री गर्न मेगा क्यापिटलको सहजीकरण सेवा शुरु « Arthapath.com
१३ माघ २०७८, बिहीबार

संस्थापक शेयर खरिद-बिक्री गर्न मेगा क्यापिटलको सहजीकरण सेवा शुरु



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविद्युत (हाईड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद–विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

जसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा ९८५१०६७५७८ मा फोन गरेर वा इमेल [email protected] वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सकिनेछ ।

लगानीकर्ताहरुले प्रमोटर शेयर (संस्थापक शेयर) साधारण शेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरुबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण गर्न मेगा क्यापिटलले नयाँ सेवाको सुरुवात गरेको हो ।


प्रतिक्रिया दिनुहोस्