सुनको मूल्य बढ्यो, चाँदीको घट्यो « Arthapath.com
२ असार २०८३, मंगलबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । 

सोमबार प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्