नबिलको १२ औँ वार्षिकोत्सवको अवसरमा बार्षिक शुल्कमा पूर्ण छुट « Arthapath.com
२६ माघ २०७८, बुधबार

नबिलको १२ औँ वार्षिकोत्सवको अवसरमा बार्षिक शुल्कमा पूर्ण छुट



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आफ्नो बाह्रो बार्षिक उत्सवको अवसरमा एक बर्षको लागि बार्षिक शुल्कमा पूर्ण रुपमा छुट दिने भएको छ ।

कम्पनीले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी १२ महिनाको लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट दिने भएको हो ।

संचालनको १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै लगानीको उचित व्यवस्थापन गर्ने जनाएको छ । लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ ।

जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसकेका लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसकेका लगानीकर्ताहरुले १२ महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्कमा प्रवेश गरी फाईदा लिन सक्नने छन् ।

लगानी व्यवस्थापन सेवामा Portfolio  Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

साथै प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् । नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले फागन १० गतेसम्म यो सुविधा लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्