एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ४१.४६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ४१.४६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४१.४६ प्रतिशत बढेर १ करोड ५८ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ११ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको कुल आम्दानी ३२.३१ प्रतिशत बढेर २ करोड ५१ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ करोड ९० लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १०८.५९ प्रतिशत बढेर ३९ लाख ८२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १९ लाख ९ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २३.८० प्रतिशत बढेर २ करोड १२ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ करोड ७१ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७.९९ प्रतिशत बढेर १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ र रिटेन्ड अर्निङ्ग ३८.९७ प्रतिशत बढेर ६ करोड ५२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६१ पैसा बढेर २ रुपैयाँ ५९ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९७ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात २५०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्