नागरिक लगानी कोषको नाफा २०.७३ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

नागरिक लगानी कोषको नाफा २०.७३ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २०.७३ प्रतिशत बढेर ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९.५७ प्रतिशत बढेर ५८ करोड ७२ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी १९.११ प्रतिशत बढेर ६७ करोड ६३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ भने कुल खर्च १४.०५ प्रतिशत बढेर १५ करोड ७१ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५६ करोड ७८ लाख ७६ हजार रुपैयाँ गरेको थियो भने कुल खर्च १३ करोड ७७ लाख ४९ हजार रुपैयाँ गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ९९.३१ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, जगेडा कोष ५८.१३ प्रतिशत बढेर २० अर्ब ८९ करोड १३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५० पैसा घटेर २३ रुपैयाँ ८२ पैसामा झरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्