सीजी डिजिटल प्रिमियम माल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरुमको २०औं शोरुम बसुन्धरामा « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

सीजी डिजिटल प्रिमियम माल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरुमको २०औं शोरुम बसुन्धरामा



काठमाडौं । नेपालको सबैभन्दा ठुलो प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरुम सी जी डिजिटलको नयाँ शोरुम भब्यताका साथ काठमाडौंमो प्रमुख स्थान बिशाल भवन बसुन्धारामा शुभारम्भ गरी संचालनमा ल्याएको छ ।

उक्त शोरुमको विशिष्ट अतिथिहरु र मिडिया कर्मी माझ गोदरेज अपलाईन्सका एक्स्पोर्ट हेड सलाम सिंह तथा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले अनावरण गरेका हुन । यस शोरुममा सि जी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एल जि, सि जि, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७ सय भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्मको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट र पक्का उपहारहरु प्रधान गर्ने पनी जनाएको छ । साथै ग्राहक वर्गलाई मध्यनर गर्दै फ्री डेलिभरि, लोयल्टी प्रोग्राम, फ्री इन्स्टलेसन, डेमो, शून्य प्रतिशत दरमा किस्ता बन्दि, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि रहेका छन् ।

कम्पनीको स्वामित्वको यो २०औं शोरुम रहेको र आगामी दिनहरुमा पनी देशका विभिन्न स्थानमा यसरी नै बिस्तार गर्दै जाने र अझै ग्राहक वर्ग नजिक पुग्ने सि जी डिजिटलको लक्ष्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्