एनआईबिएल सहभागिता फण्ड वितरकमा क्यापिटल एण्ड एडभाईजरी नेपाल नियुक्त « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

एनआईबिएल सहभागिता फण्ड वितरकमा क्यापिटल एण्ड एडभाईजरी नेपाल नियुक्त



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजना इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले योजना वितरक नियुक्त गरेको छ ।

फण्डले क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्तर्गतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे हो ।

यसअघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुदै आइरहेको छ ।

विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ । यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५ प्रतिशत र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।

यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईट www.niblcapital.com मा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्दछन् भने भुक्तानीको लागि इसेवा, खल्ती, कनेक्ट आईपीएस र नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्