एनआईबिएल एस क्यापिटलको डिम्याट खाता नविकरण गर्न आग्रह, नविकरण नगरे खाता रोक्का हुने « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

एनआईबिएल एस क्यापिटलको डिम्याट खाता नविकरण गर्न आग्रह, नविकरण नगरे खाता रोक्का हुने



काठमाडौँ । डिम्याट खाता नविकरण गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहेका खातावालहरुलाई धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक बर्ष २०७७–७८ तथा अघिल्लो आर्थिक बर्षहरुमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई प्रत्येक आर्थिक बर्षको वार्षिक शुल्क वापत बुझाउनुपर्ने १ सय रुपैयाँ बुझाउन बाँकी रहेमा २०७९ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको छ ।

शेयरधनीहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राखी क्यापिटलको नाममा रहेको खातामा रकम जम्मा गर्न सकिन्छ । साथै, मेरो शेयर प्रयोग गरि मोबाइल वालेट मार्फत कनेक्ट आईपीएस, ईसेवा, आइएमई पे, प्रभु पे, खल्तीबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ ।

तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीको खाता सिस्टमबाट रोक्का हुने क्यापिटलले जनाएको छ ।

त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।

यस्तो छ क्यापिटलले जारी गरेको सुचना


प्रतिक्रिया दिनुहोस्