एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट « Arthapath.com
१ असार २०७९, बुधबार

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विक्री गरेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट गरिएको छ । क्यापिटलको उक्त फण्ड जेठ ३१ गते बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको हो ।

क्यापिटलले जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरिएको थियो ।

क्यापिटलको उक्त फण्डमा ९५ हजार ९९७ जना आवेदकहरूबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाईका लागि आवेदन परेको थियो । जसमध्ये ६९ जनाले ९ हजार ९५० इकाईका लागि आवेदन दिँदा रितपूर्वक नभएकाले रद्द गरिएको जनाएको छ । रितपूर्वक आवेदन दिने ९५ हजार ९२९ जना आवेदकहरूलाई बीज पूँजी सहित १० करोड २० लाख इकाई बाँडफाँट गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्