क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५प्रतिशत छुट
काठमाडौं । काठमाडौंस्थित क्रिस्टल डाइग्नोस्टिक र आईएमई डिजिटल सोलुसनबीच स्वास्थ्य सेवासम्बन्धी सहमति भएको छ । सहमति अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे का ग्राहकहरुले आइएमई पे बाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।
दसैं–तिहारको अवसरमा सार्वजनिक गरिएको यो सहमति अनुसार आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन् । ३ महिनाको लागि मात्र गरिएको उक्त सहमति मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।
२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।












