स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सहमति « Arthapath.com
२ असार २०८३, मंगलबार

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सहमति



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र यु.पी.आइ. नेपाल क्यूआरबीच अन्तरआवद्धताको लागि सहमति भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तैयारी गरेको यु.पी.आइ.नेपाल क्यूआरबीच सहमति भएको हो ।

मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीस को तर्फबाट महाप्रबन्धकप्रवीण रेग्मी बिच सहमतिमा हस्ताक्षर गरेका हुन् ।


स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत नेपाल र इंडिया बीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारी मा रहेको गेटवे पेमेन्ट सर्भीस बिच भएको यो सहमतिले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकासमा सेवा पुग्ने आश लिएको छ । नेपाल राष्ट्र बैंकले २०७८ माघ२१ मा जारी गरेको परिपत्र #40\078\79मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुसार यो सहमति भएको हो ।

यो सहमति यु.पी.आइ. नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले यु.पी.आइ. नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्