जनकपुरमा समृद्धि फाइनान्सको आठौं शाखा उद्घाटन
काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुर जनकपुरमा सन्चालन गरेको छ । आज एक औपचारीक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरेको हो ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले आठ वर्ष आठ महिनामा पैसा तेब्बर, १२ वर्ष आठ महिनामा पैसा पाँच गुणा र १६ वर्ष पाचँ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । आज बाट समृद्धि फाईनान्सको आठ ओटै शाखा कार्यालयहरु बाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत सुरज कुमार सर्राफले बताए ।
कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि राम सरोज यादवले आज जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका गरेका थिए । कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।












