बजाज ग्रान्ड एक्स्चेन्जफेस्ट योजना सार्वजनिक, यस्ता छन् विशेषता « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

बजाज ग्रान्ड एक्स्चेन्जफेस्ट योजना सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारीक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट”योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने योएक्स्चेन्जयोजनाअसोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलितबजार भ्यालुएसनभन्दा रु. ७००० थपमुल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथउपलब्ध यो योजनामा उपभोक्ताहरुले ७००० सम्मको नगद छुट पनिप्राप्त गर्न सक्नेछन्। यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

यस एक्स्चेन्जयो जना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनिलिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन्। यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।

अशोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममापल्सर एन सिरिज पनि सार्वजनिकगरिने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्