कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने



काठमाडौं । मंगलबार नागरिक लगानी कोष र हिमाल दोलखा हाइड्रोपावर कम्पनी बीच हकप्रद शेयरको प्रत्याभुति गर्ने सहमति भएको छ ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ । सो सम्बन्धी सहमतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्