अमेरिकाबाट पठाएको पैसा ठमेल रेमिटबाट केही सेकेन्डमै नेपालमा झिक्न सकिने « Arthapath.com
१ असार २०८३, सोमबार

अमेरिकाबाट पठाएको पैसा ठमेल रेमिटबाट केही सेकेन्डमै नेपालमा झिक्न सकिने



काठमाडौं । ठमेल रेमिट नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट स्विचबीच सहमति भएको छ । ठमेल रेमिट (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको हो ।

अब ठमेल रेमिटले तु रेमिट्यान्स सेवाुका लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपिएस) प्रयोग गर्ने भएको छ।

एनसीएचएलसँगको यस आबद्धतापछि अमेरिकाबाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने बताइएको छ।
नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट आफूहरू उत्साहित भएको ठमेल रेमिटका सह–संस्थापक बाल के जोशीले बताए।

यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर–कार्डमा आधारित, बैंक–टु–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउने उनले बताए।

सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध रहेको भन्दै उनले अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रूपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्