नेपाल ल्यूब आयलको ३०% लाभांश सुरक्षित गर्ने अन्तिम मौका « Arthapath.com
१ असार २०८३, सोमबार

नेपाल ल्यूब आयलको ३०% लाभांश सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । आज गते नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि असोज १४ गते (शुक्रवार)देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसका आधारमा बिहीबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते साधारण सभा डाकेको छ । सभामा गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

यस्तै, कम्पनीको अधिकृत एवम् जारी पूँजी वृद्धि गरी १० करोड रुपैयाँ कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्