दशैंमा आयल निगमका कुन-कुन कार्यालयहरू खुला रहने ? « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

दशैंमा आयल निगमका कुन-कुन कार्यालयहरू खुला रहने ?



काठमाडौं । दशैंको बेलामा पनि नेपाल आयल नियमको देशभरका विभिन्न शाखा कार्यालय खुला रहने भएको छ ।

चाडपर्वहरुको अवधिमा दशैभरी पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणका लागि निगमले १३ वटा डिपोहरु संचालन गर्ने भएको हो ।

एक सूचना निकाल्दै दशैंको बेला अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहेको अवस्थामा पनि निगम मातहतका कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्