कोका–कोला नेपालद्धारा विदेशमा रहेका नेपालीलार्ई चार्डपर्व मनाउन नेपाल फर्कने व्यवस्था
काठमाडौँ । कोका–कोला नेपालले विदेशमा बसेका नेपालीहरुलाई चार्डपर्व मनाउन घर फर्कने व्यवस्था गरेको छ ।
सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीहरुलाई नेपाल ल्याएको थियो ।
कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ्ग, “११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।” उनले भनिन् ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थले भने, “कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दसैंँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ । यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ । किनभने दसैंँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमा उनीहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ । ”
सम्बन्धउत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने हो ।
भिडियोको लिंक












