एससिटिको स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

एससिटिको स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक



काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।

यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशत सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन् ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १,००० रूपैयाँसम्म मात्र पनि पाउन सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


प्रतिक्रिया दिनुहोस्