महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न



काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग अन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएको छ । ‘लिग कम नकआउट फम्र्याट’ मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी रहेको छ ।

तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औं खेल प्राइम बैंकले जितेको छ । प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमा प्राइमका कितार्थ शाक्य म्यान अफ द म्यान घोषित भएका छन् ।

प्रभु बैंक विरुद्धको १३औं खेल एनएमबि बैंकले ७ विकेटले जितेको छ । उक्त खेलमा एनएमबिका अनिल बर्तौलाले म्यानअफ द म्याचको उपाधिलिएका छन् ।

१४औं खेल महालक्ष्मी विकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । यो खेलमा महालक्ष्मीका सागर गुप्ता म्यानअफ द म्याच घोषित भएका छन् ।

१५औं खेल सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हरायो । यो स्पर्धाको म्यानअफ द म्याचको उपाधिमनोज विष्टले पाए ।

१६औं खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बनेको छ । उक्त म्याचमा कामना सेवाका समीर क्षेत्री म्यानअफ द म्याच घोषित भए ।

१७औं खेलमाएनएमबि बैंकलाई १ विकेटले पछि पार्दै एन आइसी एसिया विजेता बन्यो । यस खेलमा एनआइसी एसियाका सनम धामी म्यानअफ द म्याच घोषित भए ।

१८औं खेल कुमारी बैंकलाई ४८ रनले हराउँदै कामना सेवा विकास बैंकले जितेको छ । यसमा कामना सेवाका रिमेश रेग्मी म्यानअफ द म्याच भए ।

त्यसैगरी, १९औं खेल सनराइज बैंकले ५ विकेटले जितेको छ । यसमा सनराइज र माछापुच्छ«े बैंकबीच प्रतिस्पर्धा भएको थियो । म्यानअफ द म्याचको उपाधि सनराइज बैंकका मनोज विष्टले पाए ।

२०औं खेलमाकुमारी बैंकलाई २ रनले हराउँदै लुम्बिनीविकास बैंक विजेताबन्यो । यसको म्यानअफ द म्याचलुम्बिनीविकास बैंकका लक्ष्मण प्रधान भए ।

२१औं खेलमा माछापुच्छ्रे  बैंकले आइसिएफसी फाइनान्सलाई ५ विकेटले हरायो । यसमा माछापुच्छ्रेका जन सुवेदीले म्यान अफ द म्याचको उपाधि पाए ।

त्यस्तै २२औं खेल सिटिजन्स बैंकले ४ विकेटले जितेको छ । २२औं खेलकाप्रतिस्पर्धी सिटिजन्स बैंक र इन्भेस्टमेन्ट फाइनान्स थिए । २२औं खेलको म्यान अफ द म्याच सिटिजन्सका सुमन पोखरेल भएका थिए ।

२३औं खेल लुम्बिनीविकास बैंकले १८ रनले जित्यो । यसमालुम्बिनी र गरिमाविकास बैंकबीचप्रतिस्पर्धा भएको थियो । २३औं खेलको म्यानअफ द म्याचलुम्बिनीका देव साह बने ।


प्रतिक्रिया दिनुहोस्