मर्जरको एक वर्ष नपुग्दै ग्लोबल आइएमईबाट बाहिरिए मास्के « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

मर्जरको एक वर्ष नपुग्दै ग्लोबल आइएमईबाट बाहिरिए मास्के



काठमाडौं । मर्जरको १ वर्ष पनि नपुग्दै ग्लोबल आइएमई बैङ्कको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के बाहिरिएका छन् । 

उनले आफ्नो घरायसी समस्या देखाउँदै सिनियर डेपुटी सीइओबाट राजीनामा दिएका हुन् । ग्लोबल आइएमई बैङ्कले साबिकको बैङ्क अफ काठमान्डु (बिओके) लाई गत पुस २५ गते प्राप्ति गरेको थियो ।

तत्कालीन बिओकेमा मास्के प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । मर्जर पश्चात् ग्लोबल आइएमईमा भने उनी वरिष्ठ प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । तर, मर्जरको करिब ९ महिनामै उनी बैङ्कबाट बाहिरिएका हुन् । बिओकेलाई प्राप्ति गरेको करिब ७ महिनामै ग्लोबल आइएमई बैङ्कले स्वैच्छिक अवकाश योजना (भिआरएस) ल्याएको थियो ।

बैङ्कले ल्याएको सो भिआरएसमा २८ जनाले आवेदन दिएकोमा तत्कालीन बिओकेका उच्च  पदस्थसहित २७ जना कर्मचारी थिए । बिओकेका कर्मचारीले मात्रै अवकाश रोज्नुलाई ग्लोबल समूहको बैंकभित्र वर्चस्व रहेको बुझ्न सकिन्छ ।

साबिकको बिओकेका अधिकांश कर्मचारीले भिआरएस लिँदा तत्कालीन बैङ्कका सिइओ मास्केले पनि राजीनामा दिएका हुन् । बिओकेका उच्च तहका कर्मचारीहरू बाहिरिनुलाई निकै महत्वका साथ हेरिएको छ । 

मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । उनले सन् १९८५ मा नबिल बैङ्कबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्