सरकारले निजि क्षेत्रले दिएको सुझाव व्यापारीको मात्रै ठान्यो, कहिल्यै सम्बोधन भएनः अध्यक्ष चन्द्र ढकाल « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

सरकारले निजि क्षेत्रले दिएको सुझाव व्यापारीको मात्रै ठान्यो, कहिल्यै सम्बोधन भएनः अध्यक्ष चन्द्र ढकाल



काठमाडौं । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजि क्षेत्रले दिएको सुझाव सरकारले कहिले सम्बोधन नगरेको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो २०२३ को औपचारिक उद्घाटन समारोहमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

निजि क्षेत्रलाई सरकारले ब्यापारी मात्र सम्झिने गरेको अध्यक्ष ढकालको भनाइ थियो । “हामीले दिएको सुझाव व्यावसायी आफ्नो लागि मात्र होइन देशको अर्थतन्त्रमा योगदानका लागि समेत हो” उनले भने, “अटो बजार सुस्ताउदा राजस्व पनि घटेको घटेको छ ।”

ब्यवसायीहरु धरासयी बनेको बेला सरकारले सकरात्मक नीति ल्याउनु पर्ने बताए । उनले अर्थतन्त्र चलयमान बनाउन नीजि क्षेत्रले ठुलो भुमिका खेलेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्