२५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारितका लागि नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

२५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारितका लागि नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेको इन्स्योरेन्सले असोज २९ गते विशेष साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ । हकप्रद निष्कासनका लागि प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएको हो । कम्पनीले सोहि हकप्रद निष्कासन प्रस्ताव पारित सभा पनि बोलाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते बुक क्लोज गर्ने भएको हुँदा असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्