कुमारी बैंकको सेयर बिक्रीमा « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

कुमारी बैंकको सेयर बिक्रीमा



काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केहि सेयरधनीहरुको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १९ गते) ले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सकिेनछ ।

सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्