रसुवामा जनसङ्ख्याभन्दा डिम्याट खाता बढी « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

रसुवामा जनसङ्ख्याभन्दा डिम्याट खाता बढी



काठमाडौँ । रसुवामा जनसङ्ख्याभन्दा डिम्याट खाता बढी भएको पाइएको छ । रसुवाबाट अहिलेसम्म कुल ५९ हजार ७५ वटा डिम्याट खाता खोलिएका छन् ।

जिल्लाको जनसङ्ख्या २०७८ को जनगणनाअनुसार ४५ हजार पाँच सय ५४ रहेको छ । जिल्लामा तीनवटा ठूला जलविद्युत् परियोजना निर्माणमा रहेका छन् । तिनै परियोजनाको आइपिओ भर्नलाई स्थानीयले डिम्याट खाता खोलेका हुन् ।

तर, तथ्याङ्कले भने स्थानीयले मात्र नभई यसमा अरू कुनै तरिकाले अन्य क्षेत्रका व्यक्तिले पनि डिम्याट खाता खोलेको हुन सक्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्