मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्