साल्ट ट्रेडिङले बढायो चिनीको ‘कोटा’, प्रतिकेजी ९७ रूपैयाँमै पाइने « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

साल्ट ट्रेडिङले बढायो चिनीको ‘कोटा’, प्रतिकेजी ९७ रूपैयाँमै पाइने



काठमाडौँ। साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।

कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुराएको हो । हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् ।

कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । रकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो । 


प्रतिक्रिया दिनुहोस्