भुकम्प पिडितलाई हिमालयन बैंकले दियो २१ लाख रुपैयाँ बराबरको राहत सामाग्री « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

भुकम्प पिडितलाई हिमालयन बैंकले दियो २१ लाख रुपैयाँ बराबरको राहत सामाग्री



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पु¥याएको छ ।

यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाइ कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्