सोल्टी होटलले गर्यो लाभांश घोषणा, नगद २६.५७८ प्रतिशत, बोनस कति ? « Arthapath.com
४ मंसिर २०८०, सोमबार

सोल्टी होटलले गर्यो लाभांश घोषणा, नगद २६.५७८ प्रतिशत, बोनस कति ?



काठमाडौँ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

उक्त लाभांश पारितका लागि होटलले पुस २६ गते बिहीबार नेपाल प्रज्ञा भवन प्रक्षालय, कमलादीमा ४९औँ वार्षिक साधारण सभा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्