मुक्तिनाथ विकास बैंकले दियो देशका विभिन्न ठाउँका बालबालिकाहरुलाई कृतम हात « Arthapath.com
९ बैशाख २०८१, आईतवार

मुक्तिनाथ विकास बैंकले दियो देशका विभिन्न ठाउँका बालबालिकाहरुलाई कृतम हात



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतम हातहरु वितरण गरेको छ ।

एक कार्यक्रम बीच, बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाकारीले सोही कृतम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृतम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृतम हातहरु वितरण गर्ने बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुले बताए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्