सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एमबास्डर अभियान प्रभावकारी बन्दै « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एमबास्डर अभियान प्रभावकारी बन्दै




काठमाडौं । सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ ।

प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीको बिज्ञापन समाग्री हरु कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यमहरू तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रशार गर्नुका साथै कम्पनीका देशै भरि रहेका शाखा कार्यालयहरुको बिशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, बिज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको बताए।

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो ।चालु आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि पा्रको उपाधि प्राप्त गर्न सफल भइसकेका छन् ।

कमल प्रसाद घिमिरे
जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमको रुपमा आफुले लिएको र बीमा सचेतना अभिबृद्धि गर्दै धेरै भन्दा धेरै जनालाई बीमा गराउने उद्देश्य लिनु भएका घिमिरेलाई प्रोडक्ट एम्बास्डर बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर, मोबाइल एप तथा वेवसाईड मा समेत आफ्नो फोटो देखे पछि बीमा गर्ने व्यक्तिहरुले सजिलै विश्वास गर्ने वातावरण भएको र बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको बताए ।

गौरव कुमार शाही
प्रोडक्ट एम्बास्डर बने पछि नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखाहरुमा क्रस स्ट्न्ड मा फोटो हुने, ब्रोसर, मोबाइल एप तथा वेवसाईड हरुमा समेत फोटो आउने भएकाले बीमितहरुको बिचमा कम्पनीको आधिकारीक अभिकर्तारव्यक्ति हो भन्ने अनुभूति हुनुका साथै मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरुलाई बीमा गराउन झन सजिलो भएको बताउनु भयो । विगत ३र४ वर्ष देखि लगातार विभिन्न बीमा योजनाको प्रोडक्ट एम्बास्डर बन्न सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभुत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको प्रोडक्ट एम्बास्डर मा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरुमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको बताए ।

सृजना पन्त
प्रोडक्ट एम्बास्डर बनेर सम्मान पाउँदा एकदमै गर्व महशुस भएको छ । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आपूm र आफ्नो कम्पनी प्रति गर्व गर्ने अवसरको रुपमा लिएको बताउनु भयो । प्रोडक्ट एम्बास्डरबने पछि उहाँलाई आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टीकोणमा नै फरक पाएको बताउनुहुन्छ । यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ । कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाईको फोटो आएको ? कम्पनीले ब्रान्डीङ्ग गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मुल्यवान अवसर मार्फत अभिकर्ताहरुले मेची देखि महाकाली सम्म रहेका दुर दराजका गाउँगाउँका हरेक घरसम्म पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरि हरेक नेपालीहरुको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरि आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता हुने कुरामा आफू बिश्वस्त रहेको कुरा बताउनु भयो । साथै सूर्यज्योतिको प्रोडक्ट एम्बासडरको रुपमा आफूलाई स्थापित गरि आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देश भरि जीवनवीमा क्षेत्रमा सेवा प्रदान गरिरहनु भएका सम्पुर्ण अभिकर्ताहरुलाई धन्यवाद दिदै अवसर प्राप्त गर्न हार्दिक अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस्