एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
काठमाडौं। एनसेलले आफ्ना ग्राहकलाई डिजिटल सेवातर्फ थप आकर्षित गर्ने उद्देश्यसहित एनसेल एपमा ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा हरेक २४ घण्टामा एकपटक विभिन्न सरप्राइज उपहार जित्ने अवसर पाउनेछन्। यसका लागि कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
कम्पनीका अनुसार यो अफरमार्फत ग्राहकले निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा अनलिमिटेड पहुँच, विभिन्न साझेदार संस्थाबाट छुट कुपन, लाइफस्टाइल प्रोडक्टमा विशेष अफर तथा यात्रा र साहसिक गतिविधिसम्बन्धी आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। हरेक दिन नयाँ सरप्राइज उपलब्ध हुने भएकाले एपको प्रयोगलाई थप रोचक र अन्तरक्रियात्मक बनाउने कम्पनीको विश्वास छ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तका अनुसार ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा हो। यसले ग्राहकलाई रमाइलो शैलीमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न उपहार जित्ने अवसर प्रदान गर्नेछ।
कम्पनीले यस्ता डिजिटल अभियानमार्फत एनसेल एपप्रति ग्राहकको संलग्नता बढाउने, एपबाट उपलब्ध सेवाको प्रयोग विस्तार गर्ने तथा डिजिटल–फर्स्ट रणनीतिअनुसार सहज, नवीन र ग्राहक–केन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार ‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्ने बानी विकास गर्नुका साथै ग्राहकलाई कम्पनीका डिजिटल सेवाप्रति थप नजिक ल्याउने अपेक्षा गरिएको छ।













