लुम्बिनी विकास बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

लुम्बिनी विकास बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण



काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले आज पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजबाट कार्यभार सम्हालेका हुन्।

उनले बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर काम गरिसकेका नवनियुक्त सीइओ आचार्यको अनुभव र नेतृत्वले बैंकको संस्थागत विकास, रणनीतिक योजना, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने बैंकले अपेक्षा गरेको छ।

उनले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्न उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि र सरोकारवालाको विश्वासलाई अझ मजबुत बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। लुम्बिनी विकास बैंकले आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउनेमा विश्वास ब्यक्त गरेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्